default_image

10 months ago

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

1829 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ।

१५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित रहन पनि सफल भयो।

पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो। गोल गर्ने केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन्। दोस्रो हाफमा म्यानमारले रवाफिलो प्रदर्शन गर्यो।

खेलको २४ औं मिनेटमा नेपाल गोल खानबाट जोगियो। म्यानमारकी सान थाउ थाउले हानेको प्रहारमा गिल किपर अञ्जिला तुम्बाप्पो सुब्बा बिट भैसक्दा विमला बिकले गोल लाइनबाट बचाइन्।

खेलको ३५ औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो। साम्बाले हानेको प्रहारलाई म्यानमारकी गोल किपर मो मो म्याले बचाइन्। रिबाउन्डमा साम्बाको हेडरमा रेखाले क्लोज रेन्जबाट हानेको प्रहारमा पनि किपर बाधक भइन्। क्लियर हुन नसकेको बलमा सबिताको प्रयास पनि सफल हुन सकेन्।

४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो। रेणुका नगरकोटेले दिएको लामो क्रसमा गोल किपरले फुत्काएको बलमा क्लोज रेन्जमा रहेका साम्बा र रेखाले बल कनेक्ट गर्न सकेनन्।

खेलको ५५ औं मिनेटमा विमला विकको क्रसमा साम्बाको हेडर पोष्ट नजिकैबाट बाहिरियो। ६२ औं मिनेटमा हजारौं घरेलु दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। यु पेर खिनेले एकल प्रयासमा टाइट याङगलबाट सेकेन्ड बारमा हानेको प्रहार गोलमा परिणत भयो।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले ६४ औं मिनेटमा अग्रता दुगुना गर्यो। कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो।

दुई गोल खाएपछि ७० औं मिनेटमा गोल किपरसँगको वान भर्सेस वानमा रश्मी कुमारी घिसिङको भली प्रहारलाई किपरले पञ्च गर्दै बचाइन्। रश्मी ६० औं मिनेटमा रेखालाई रिप्लेस गर्दै मैदान छिरेकी थिइन्। नेपाल खेलमा फर्कन सकेन्।

नेपाल र म्यानमारबिच प्रतिस्पर्धा भएको यो छैटौं भिडन्त थियो। यसअघि म्यानमारले नेपाललाई एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा ३-१ ले हराएको थियो।

सोही क्वालिफाईङमा भने नेपाल र म्यानमार बीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। हिरो कपमा पनि नेपाल म्यानमारसँग दुई पटक हारेको थियो। जारी च्याम्पियनसिपको लिग चरणमा २-२ को बराबरी खेलेको थियो। फाइनलमा हारेसँगै नेपाल म्यानमारसँग चौथो पटक पराजित भयो।

फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ। म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेका छन्।

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो। म्यानमारसँग २-२ को बराबरी खेलेको थियो। म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो।

पछिल्लो वर्ष नेपाल फाइनलमा पराजित भएको तेस्रो पटक हो। यसअघि वाफको फाइनलमा नेपाल जोर्डनसँग टाइ ब्रेकरमा र साफको फाइनलमा बङ्गलादेशसँग २-१ ले पराजित भएको थियो।

नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको हो। यो यता नेपाल उपाधि बिहिन छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.