default_image

9 months ago

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

1155 views

0 Bookmark

हिमाल खरेल,भद्रपुर

भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ ।

पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो ।

दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली टोली फाइनलमा पुगेका छन्,’ आयोजकका अध्यक्ष दिपेश ढकालले प्रिम्याच कन्फ्रेन्समा भने, ‘विदेशी र ‘ए’ डिभिजन क्लबलाई नै हराउँदै यी दुई टोली फाइनलमा पुगेका हुन्, यसमा सबै झापाली खुसी छौँ ।’

झापा ११ ले अहिलेसम्म गृह जिल्लामा गोल्डकप उपाधि जित्न सकेको छैन । झापा गोल्डकपमा पाँचपटक फाइनलमा पुगेर पनि झापा ११ उपविजेतामै सीमित भएको थियो ।

झापा ११ गृह जिल्लामा उपाधिको खडेरी तोड्ने दाउमा छ । आयोजकको भद्रपुर ब्लेजर्स उपाधिमाथि कब्जा जमाउने योजनामा छ । झापा ११ ले प्रतियोगितालाई ‘बि’ डिभिजन तयारीका रूपमा लिएको छ ।

‘दर्शकलाई राम्रो खेल प्रदर्शन गर्दै उपाधि जित्ने योजनामा छौँ,’ झापा ११ का प्रशिक्षक अंगुरकुमार खड्गीले भने, ‘खेलको अवस्था हेरेर रणनीति बनाउँदै खेल खेल्नेछौँ, खेलाडी फाइनलका लागि तयार छन् ।’

प्रतियोगितामा झापाले एरोन थापा र एलोन थापालाई समावेश गरेको छ । सेमिफाइनलदेखि समिर तामाङ र रोहन कार्की सम्मिलित भएका छन् । उनीहरु नेपाल सुपर लिगका मार्की खेलाडी हुन् ।

झापा ११ का कप्तान पेमा तामाङले टोली सेट बनाउन लगातार दुई वर्षदेखि प्रशिक्षण गरिरहेको बताए । ‘हामीले दुई वर्षदेखि सँगै खेल्दै आइरहेका छौँ, एकअर्काको क्षमता थाहा छ,’ तामाङले भने, ‘एलोन, एरोन, समिर र रोहन आउँदा फाइदा भएको छ ।’

भद्रपुरले घरेलु फुटबलमा राम्रो खेल खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । स्तरीय विदेशी खेलाडीसहित रहेको यस टोलीले फाइनलमा झापा ११ लाई चुनौती दिने अपेक्षा छ ।

‘हामीसँग व्यावसायिक फुटबल खेलेका खेलाडी छन्, उनीहरू एकआपसमा संगठित भएर खेल्छन्,’ भद्रपुरका कप्तान आशिष चापागाईंले भने, ‘हामी राम्रो प्रदर्शन गर्छौं ।’

भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले फाइनलका लागि खेलाडी तयार रहेको बताए । ‘आयोजक भएकाले घरेलु दर्शकको साथ पाउने आशा छ,’ उनले भने, ‘झापा ११ को खेल हेरेका छौँ । उनीहरूको कमजोरी थाहा छ । त्यहीअनुसार योजना बनाएर खेल्छौँ ।’

भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस, नेपाल पुलिस क्लब र बंगलादेशको काउरन बाजार प्रगति संघलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड र भुटानको डागा युनाइटेड एफसीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेताले १३ लाख, ट्रफी र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ अध्यक्ष दिपेश ढकालले बताए ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले १ लाख ५ हजार रुपैयाँ पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउने छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.