10 months ago
February 28, 2025
हिमाल खरेल, भद्रपुर
आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे।
रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट आशिषले गोल गर्दै टोलीलाई अग्रता लाई दिलाए । सत्यमले इन्ज्युरी समयमा गोल गर्दै भद्रपुरको जित पक्का गरे । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर सत्यमले गोल गरे ।

दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औँ मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रस बारबाट बाहिरियो । खेलको ४० औँ मिनेटमा भद्रपुरका कुलदिप कार्कीको लामो प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडरलाई झापाका गोलकिपर सन्दिप लिम्बूले बचाए ।

खेलको ५२ औँ मिनेटमा अवयोमीको पासमा मिलनको कडा प्रहार गोलकिपर सन्दिपले नियन्त्रणमा लिए । खेलको १८ औँ मिनेटमा झापा ११ का रोहण कार्की चुके । खेलको २३ औँ मिनेटमा समिर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको ४३ औँ मिनेटमा समिरले खेललाई बराबरी ल्याउने अवसर गुमाए । बबिन बोहोराको क्रस पासमा समिरको प्रहार क्रसबारको मध्यभाग लागेर फर्कियो । खेलको ७८ औँ मिनेटमा हरिबहादुर आले मगरले डिबक्सको लाइनबाट गरेको कडा प्रहार क्रसबारबाट बाहिरियो ।
भद्रपुरका विशाल दर्जी प्लेयर अफ दि म्याच भए र उनले २१ हजार र ट्रफी पाए । जितसँगै भद्रपुर ब्लेजर्सले १३ लाख, ट्रफी र झापा ११ ले ७ लाख रुपैयाँ प्राप्त गर्यो ।
आशिष सर्वोत्कृष्ट खेलाडी
आयोजक टोली भद्रपुरका कप्तान आशिष चापागाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १ लाख ५ हजार रुपैयाँ र ट्रफी पाए ।

भद्रपुरका राजेश शाह उदयीमान खेलाडी, भद्रपुरका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल उत्कृष्टहरु प्रशिक्षक घोषित भए । भद्रपुरका सत्यम शर्मा उच्च गोलकर्ता रहे । उनीहरुले जनही २५ हजार पुरस्कार रुपैयाँ र ट्रफी पाए ।
फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल तथा ५० हजार रुपैयाँ भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।




December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]