default_image

10 months ago

February 28, 2025

आर्मी केपी ओली कपको फाइलनमा

1592 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ।

आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे।

दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा नै अग्रता बनायो। खेलको आठौं मिनेटमा जिलेस्पी जङ्ग कार्कीको उत्कृष्ट एसिस्ट‌मा क्लोज रेन्जबाट नवयुगले गोल गरे। पहिलो हाफ आर्मीको पक्षमा १-० को अग्रतामा सकियो।

संकटालाई विरुद्ध ६६ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। अभिषेक लामाले आर्मीका जिलेस्पीलाई पेनाल्टी बक्सभित्र लाडाए। रेफ्रीले पेनाल्टीको अवसर आर्मीलाई दिए। जहाँ दिनेश हेन्जानले पेनाल्टीमा कुनै गल्ती गरेनन्।‌ आर्मीले २-० को अग्रता बनायो।

निर्धारित ९० मिनेटको खेल २-० को नतिजामा सकियो। थप गरिएको ५ मिनेटको इन्ज्युरी समयको तेस्रो मिनेटमा संकाटाले एक गोल फर्कायो।

सुनिल खड्काले बक्सभित्रबाट हानेको प्रहार पोलमा लागेर फर्कियो। रिबाउन्डमा विसन गुरुङले गोल गरे। यो गोलले गोल अन्तर मात्र घटायो। आर्मी २-१ को जितमा फाइनलको यात्रा तय गर्न सफल रहयो।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ। आयोजक केपी एफसीले फाइनल प्रवेशका लागि मछिन्द्र एफसीको सामना गर्नेछ। फाइनल फागुन १९ गते हुनेछ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.