default_image

9 months ago

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

1352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्।

योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे।

कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा यो सम्मान प्रदान गरिएको बताइएको छ। तर लिगमा यो पटक एपिएफकी सविता राना मगरले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेकी थिइन्।

लिगमा उत्कृष्ट खेलाडी नबने पनि प्रीति यो वर्ष पाउने सबै खाले सम्मान र अवार्डको भने हकदार हुन्। उनले वाफमा गरेको प्रदर्शन अनि निर्णायक गोल तारिफयोग्य छ।

काठमाडौं कात्तिकमा भएको साफ च्याम्पियनसिप र भर्खरै सम्पन्न फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपमा उच्च स्तर प्रदर्शन रहेको थियो।

युवा प्रतिभाशाली खेलाडी प्रीति नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपुर्ण सदस्य हुन्। सन् २०२१ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरिन्। यसपछि उनले ५ गोल पनि गरेकी छिन्।

सम्मानपछि प्रीतिले सबैलाई धन्यवाद दिइन्। उनले पछिल्लो समय एन्फाले महिला टिमलाई दिएको प्राथमिकता र अवसरको प्रशंसा गरिन्।

विशेषगरी एन्फाले चोट ग्रस्त हुँदा गरेको सहयोग आफ्नो लागि महत्वपूर्ण रहेको पनि बताइन्। उनले नेपालाि महिला टोलीलाई प्रायोजन गरेर सहयोग गर्न आग्रह गरिन्। कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चको सहकार्यमा भएको हो।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.