default_image

10 months ago

March 1, 2025

झापा एफसीको पूर्वेलीसँग सहयोगको अपेक्षा

453 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् ।

बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए ।

अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु गरिएको पनि बताए । सफल प्रशिक्षक तथा लयमा रहेका सक्षम खेलाडीका कारण एनएसएल जित्ने खड्काले दाबी गरे ।

एनएसएलको तेस्रो संस्करणका लागि झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्कालाई निरन्तरता दिएको छ । पत्रकार सम्मेलनमा टोलीको एनएसएल तयारीका बारेमा पनि जानकारी दिएको छ ।

झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरेको छ ।

टोली मुख्य प्रशिक्षकमा यसअघि नै बिर्तामोडका प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ । अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक रहेका कटुवालले लिग जिताएका थिए ।

सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो ।

अध्यक्ष खड्काले महिला फुटबल टोली, उमेर समूहका टोली, फुटबल एकेडेमी र आफ्नै रंगशाला बनाउने उद्देश्य रहेको बताए । त्यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, ए डिभिजनको विकेन्द्रीकरण गर्ने, क्लबहरुको एकेडेमी बनाउने, होम एन्ड अवे खेल खेलाउनेगरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपाली भाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् ।

त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.