10 months ago
March 2, 2025
एजेन्सी – जुलियन अल्भारेजले ला लिगामा आफ्नो १०औं गोल गर्दै एट्लेटिको मड्रिडलाई शनिवार जित दिलाएका छन्।
एथ्लेटिक क्लबलाई १-० ले हराएपछि एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
म्यानचेस्टर सिटीका पूर्व फरवार्डले अल्भारेजले मार्कोस लोरेन्टेले दिएको उत्कृष्ट पासमा ६६औं मिनेटमा गोल गरे।
एथ्लेटिक क्लबले बराबरी गोलको मौका सृजना गरेपनि सफल भएन । बेनाट प्राडोसको हेडर पोस्टमा लाग्यो र इनाकी विलियम्सले रिबाउन्ड प्रहार गरे, त्यो क्रसबारको तलपट्टी लागेर बाहिरियो।
डिएगो सिमेओनेको एट्लेटिको बार्सिलोना र रियल म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।
अर्को खेलमा रियल स्तब्ध भएको छ।
रियल बेटिसले रियललाई २-१ ले हराएको छ । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे।

खेलको १० औं मिनेटमा किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए।
रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे।
९ वर्ष रियलमा बिताएका बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो।
यो सिजन ला लिगामा कार्लो एन्सेलोटीको टोलीले चौथो पटक पराजय भोगेको छ । समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ । एट्लेटिको शीर्ष स्थाननको एट्लेटिकोको ५६ अंक छ। बेटिस ३८ अंकसहित छैटौंमा छ।
एट्लेटिको र रियलबिच मंगलवार च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग हुनेछ ।
शनिवार ला लिगाका अन्य खेलमा जिरानो र सेल्टा भिगोले २-२, भालाडोलिड र लास पालमास तथा रायो भालेसानो र सेभिल्लाले समान १-१ को बराबरी खेले ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]