default_image

10 months ago

March 2, 2025

मच्छिन्द्रको ह्याट्रिक यात्रामा आर्मी चुनौती

963 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ।

आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ ।

दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ ।

इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो।
गत वर्ष पहिलो पटक आहा रारा पोखरा गोल्डकप जितेको आर्मीले त्यस चौथो प्रतियोगिता खेलिरहेको छ ।

लमजुङको त्रिवेणी कप, आहा गोल्डकप र बागमती गोल्डकपमा सहभागी भएर केपी ओली कप खेलेको हो ।आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो।

मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० लाई हराएको थियो।
आर्मीका प्रशिक्षक मेघराज केसी पछिल्लो एक वर्ष युवा खेलाडीलाई तयार पारेर टोली निर्माण गरेको र अब नतिजा दिने बेला आएको बताए ।

‘ आर्मीले लिगको तयारी गरेर टोली तयार गरेको थियो। तर लिग भएन । यो बिचमा हामीले नयाँ खेलाडीलाई तयार गर्ने अवसर पायौं। त्यसका लागि एन्फालाई पनि धन्यवाद,’केसीले भने,’हामी पछिल्लो केहि समयदेखि नतिजा दिन सकेका‌ थिएनौं । अब नतिजा दिने बेला आएको छ।’

मच्छिन्द्र आफै उत्कृष्ट छ टोली रहेको जनाउँदै केसीले
उनीहरुको कमजोरीमा प्रहार गरेर जित्न प्रयास गर्ने बताए‌।

टोलीका कप्तान जिलेस्पीजंग कार्की कडा मेहनतले टोलीले फाइनल सम्मको यात्रा तय गरेको बताए । उनले भने, ‘ टिम उत्कृष्ट भएर म‌ राम्रो देखिएको हो। मच्छिन्द्र राम्रो टोली हो। हामी फाइनलका लागि तयार छौँ।’

मच्छिन्द्रका‌ प्रशिक्षक सन्तोष न्यौपानेले विपक्षी टोलीलाई कमजोर नसोच्ने जनाउँछ आर्मी बलियो र लयमा रहेको बताए ।

मच्छिन्द्रका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठले टोली‌ सन्तुलित रहेको र जित्नका लागि प्रयास गर्ने बताए‌। फाइनलमा इटालीका पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनलाई निमन्त्रणा गरेकोमा आयोजक नेपाल युवा संघलाई धन्यवाद दिए। उनले भने,’ आइडलाइज गरेको खेलाडी आउँदा खुसी लागेको छ। यो नेपाली फुटबलका लागि सकारात्मक हो ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.