default_image

10 months ago

March 3, 2025

युनाइटेड एफए कपबाट बाहिरियो

637 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कप पाँचौं चरणबाटै बाहिरिएको छ ।

फुलहमसँग आइतवार टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहम अन्तिम आठमा पुगेको छ।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्ज्युरी समयमा केल्भिन बासेले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेलमा‌ फर्काए । तर टाइब्रेकर युनाइटेड अभागी रह्यो।

युनाइटेडले गतवर्षको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । एफए कपमा युनाइटेड दोस्रो सर्वाधिक टोली हो । आर्सनलले‌ १४ र युनाइटेडले १३ पटक एफए जितेको छ ।

एफए कपको अर्को खेलमा ब्राइटेनले न्युक्यासल युनाइटेडलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.