default_image

9 months ago

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

626 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ।

१० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो ।

२६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ ।

बार्सिलोनाका लागि जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड एराजो र रोबर्ट लेवनडोस्कीले गोल गरे ।

मार्टिनले‌ २५ औं र कसाडोले २९ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो।

दोस्रो हाफमा ४ मिनेट भित्र २ गोल थप्दै खेलमा बार्सिलोनाले बलियो पकड बनायो। एराजोले ५६ औं र लेवनडोस्कीले ६०औं मिनेटमा गोल गरे।

अन्य खेलमा ओसासुना र भ्यालेनिसयाले ३-३ तथा रियल मार्लोका र एलाभेसले १-१ को बराबरी खेले।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.