default_image

10 months ago

March 3, 2025

‘साफ च्याम्पियनसिप जिताउने लक्ष्य छ’- प्रशिक्षक रोस

1822 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका अस्ट्रेलिया प्रशिक्षक म्याट रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफ च्याम्पियनसिपको च्याम्पियन बनाउनु रहेको बताएका छन्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार रोसलाई  एक वर्षका‌ लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ  च्याम्पियनसिप जुन १५ सुरु हुनेछ । नेपाल‌ले अहिले सम्म साफ च्याम्पियनसिपको उपाधि जितेको छैन।

‘अहिले सिंगापुरको मैत्रीपूर्ण खेलसँगै मलेसियासँगको एसियन कप छनोटको खेलमा केन्द्रीत छु,’ एन्फाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एसिया कपमा छनोट गराउने कोशिस गर्नेछु। त्यसमा सफल भएन भनेपनि नेपाललाई साफको विजेता बनाउन सक्छु भन्ने लागेको छ।’

आफू २० वर्षदेखि प्रशिक्षण रहेको उल्लेख गर्दै रिसले नेपालमा प्रतिभावान खेलाडी रहेको बताए । गत महिनादेखि नेपालमा रहेका उनले आफू‌ उत्साहित रहेको खेलाडीहरुसँग भेटघाट सुरु गरिसकेको बताए ।
उनले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय टोलीको ढोका खुला रहेको प्रस्ट पारे ।

नेपाली टोलीले मार्च २५ मा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि मार्च २१ मा‌ सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

एन्फाका प्रवक्ता सुरेश शाहले नेपालमा हुनुपर्ने एसियन कप छनोटको पहिलो लेग दशरथ रंगशालामा हुनुपर्ने भएपनि त्यो सम्भव नभएपछि नोभेम्बरमा हुने खेल नेपालमा गराउने  मलेसियासँग सहमति भएको र त्यसमा एएफसीले स्वीकृति दिएको बताए ।

४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए।
उनी सहायक प्रशिक्षक रहँदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनल पुगेको थियो।


नेपाली टोलीको प्रशिक्षकका लागि ४ सय १६ जनाको आवेदन परेको र विभिन्न चरणको छनोट पछि रोसलाई नियुक्त गरेको प्रवक्ता शाहले बताए । यद्दपी उनको पारिश्रमिकको‌ बारेमा भने उनले प्रस्ट पारेनन् ।

एएफसी एसियन कप २०२७ को छनोट चरणमा नेपाल समूह ‘एफ’ मा छ। नेपालसहित समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग , अक्टोबर ९ मा भियतनामसँग अवे म्याच खेल्नेछ । होम एन्ड अवेपछि समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप खेल्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.