10 months ago
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कपको फाइनल खेलमा लगातार दुई पटकको च्याम्पियन मच्छिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल जारी छ।
पहिलो हाफको समाप्तिमा आर्मीले दिएको आत्मघाती गोलमा मछिन्द्रले १-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा जारी फाइनलमा दुवै टोलीले उत्कृष्ट मुभ बनाउन सकिरहेको थिएनन्।
तर खेलको २९ औं मिनेटमा मच्छिन्द्र ले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको क्रस आर्मीका डिफेन्डर अगाडि बाउन्स भयो। यही बललाई क्लियर गर्ने खोजेका विमल पाण्डेको प्रहार आफ्नै गोल पोष्टमा छिर्यो। आर्मीले दिएको आत्मघाती उपहार गोलमा मच्छिन्द्र १-० ले अगाडि बढ्यो।
३५औं मिनेटमा मलिक युसुफले पाएको मौकामा गोल किपर विकेश कुथुले अगाडि आएर बचाए। आर्मीले भने गोल गर्ने अवसर सिर्जना गर्न सकिरहेको छैन।
आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ। इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो।
मच्छिन्द्रले यो वर्ष खेलिरहेको यो चौथो फाइनल हो। आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता हो। उसले खेलेको सिजनको पहिलो फाइनल हो।
केपी ओली कपमा आफ्नो पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो।
मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० ले माथ दिएको थियो।
फाइनलको लागि प्रधानमन्त्री केपी शर्मा ओली र विश्व फुटबलका सर्वकालिक महान गोल किपर इटालियन जियानलुइजी बुफोन दशरथ रंगशाला पुगेका छन्। दर्शकले रंगशाला खचाखच भरिएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]