10 months ago
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो।
नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। मलेसियासँगको खेल नेपालमा नै हुनुपर्ने भए पनि यो खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा हुने तय भएको छ।
आइतवार एक वर्षको कार्यकालका लागि नियुक्त भएका रोसका लागि यो पहिलो जिम्मेवारी हो। नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रिपूर्ण खेल खेलेको थियो। जहाँ नेपाल २-० को जित निकाल्न सफल भएको थियो।
एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।
प्रारम्भिक ३० सदस्यीय टोली
गोलकिपर – किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ
डिफेन्डर – अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डर – लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु
स्ट्राइकर– अञ्जन बिस्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, दिनेश हेन्जान, सुवास ठकुरी बम, निराजन धामी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]