10 months ago
March 4, 2025
एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ।
आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।
रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न लेभरकुसेनबीच प्रतिस्पर्धा हुनेछ।
सन् २०१८-१९ पछि लिभरपुल र पिएसजीबीचको पहिलो भेट हुँदैछ। यि दुई टोलीको विजेताले क्वार्टरफाइनलमा एस्टन भिल्ला वा क्लब ब्रुगको सामना गर्नेछ।
आर्सनलले पिएसभीलाई पराजित गरको खण्डमा १५ पटकको रेकर्ड विजेता रियल वा एट्लेटिकोलाई प्रतिद्वन्द्वीको रूपमा भेटाउनेछ। लिभरपुल र पिएसजीबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
पिएसजी प्रतियोगिताबाट बाहिरिने स्थितिमा थियो। तर अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा १५औं स्थानमा रहेर अन्तिम १६ मा थियो।
पिएसजीसँग ओस्मान डेम्बेले रहेका छन्। उनी लिगको उत्कृष्ट स्कोररमध्ये एक हुन्। जारी सिजनमा उनले ६ गोल गरिसकेका छन्।

लिभरपुलले फ्रेन्च क्लब विरुद्ध पछिल्ला ५ अवे खेल जित्न सकेको छैन। यदि लिभरपुलले लुइस एनरिकेको टोलीलाई हराए अप्रिलमा उनीहरूको सामना प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग हुनेछ। यसको लागि एस्टन भिल्लाले बेल्जियन च्याम्पियन क्लब ब्रुगलाई हराउनुपर्नेछ।
आर्सनलको प्रतिद्वन्द्वी पिएसभी आइन्डहोभेन साविक डच च्याम्पियन हो। जसले जनवरीमा लिभरपुलको कमजोर टोलीलाई ३-२ ले पराजित गर्दै समूह चरणमा १४औं स्थान हासिल गरेको थियो।
आर्सनलले च्याम्पियन्स लिगको समूह चरणमा पिएसभीलाई तीन पटक हराइसकेका छ। जसमा पछिल्लो जित गत सिजनको ४-० को फराकिलो अन्तरको हो।
भिल्ला र क्लब ब्रुगको खेल नेपाली समयअनुसार राति ११: ३० र बाँकी खेल राति १:४५ बजे सुरु हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]