default_image

9 months ago

March 5, 2025

आर्सनलसँग पिएसभीको लज्जास्पद हार

659 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७-१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ।

आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ।

जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले। यसको ३ मिनेटपछि इथान न्वानेरीले अग्रता दोब्बर बनाए। त्यसपछि मिकेल मेरिनोले पिएसभीको डिफेन्सको गल्तीमा आर्सनलको लागि तेस्रो गोल गरे।

३-० ले पछि परेको पिएसभीलर पेनाल्टीको अवसर प्राप्त गर्यो। थोमस पार्टेले लुक डे जोङलाई फाउल गरेपछि नोआ लैङले गोल गरे। त्यो सँगै पहिलो हाफ ३-१ को नतिजामा सकियो।

दोस्रो हाफ दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डले र त्यसको एक मिनेट बित्न नपाउँदै लिआन्द्रो ट्रोसार्डले गोल गर्दा आर्सनलले ५-१ को अग्रता बनायो।

७३ औं मिनेटमा ओडेगार्डले उत्कृष्ट गोलमार्फत व्यक्तिगत गोल संख्या २ पुर्याए । त्यसपछि खेल सकिन ५ मिनेट बाकी छँदा रिकार्डो कालाफियोरीले गोल गरे।

यो हारमा पिएसभीको फितलो डिफेन्स प्रमुख कारण बन्यो। यो वर्षको सुरुदेखि नै डच टोलीले १४ खेलमध्ये केवल एक खेलमा मात्र क्लिनसिट राखेको छ।

अन्तिम १६ को पहिलो लेगमा अन्य खेलमा
रियल म्याड्रिड ले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको छ ।

रियलका लागि पहिलो गोल रोड्रिगो र निर्णायक गोल ब्राहिम डियाजले गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे।

एस्टन भिल्लाले क्लब ब्रुगलाई‌ ३-१ ले हरायो। बोरुसिया डर्टमन्ड र लस्क लिलले १-१ को बराबरी खेलका छन्।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.