10 months ago
March 5, 2025
दिपक बोहोरा, इलाम
त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ओएसिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीका लागि दुवै गोल विमला चौधरीले गरिन् ।
४३औं मिनेटमा हेमा चौधरीको क्रस पासमा विमलाले सोझै गोल गरेकी हुन् । आयोजककी गोलकिपर सुशिला चौधरीले विमलाको प्रहारलाई अन्दाज गर्न पाइनन् ।
यस्तै, परिवर्तित खेलाडी सपना लामाले इलामको बक्सभित्र मिलाइदिएको क्रसमा खेलको ६८औँ मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्याएकी हुन् ।
आर्मी विमला प्लेयर अफ दी म्याच भइन् र ५ हजार रुपैयाँ सहित ट्रफी पाइन् । भोलि सेमिफाइनल खेल एन्फा महिला लिग विजेता एपिएफ एफसीले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
ओएसिस क्लब इलामले आयोजना गरेको प्रतियोगिता फाइनल खेल फागुन २४ गते हुनेछ । च्याम्पियन बन्ने टोलीले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]