10 months ago
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको जितका लागि पर्याप्त रह्यो।
दोस्रोे हाफमा आक्रमक खेल पस्किएपनि मोरङ ११ ले खेल बराबरीमा ल्याउन सकेन । पहिलो हाफमा आर्मीले केहि अवसर सिर्जना गरे पनि गोल थप्न सकेन । ३३ औं मिनेटमा निरजले गरेको कडा प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जोङले बचाए ।
३४ औं मिनेटमा सुजन चौधरीले गरेको प्रहार फ्रेममा पर्न सकेन । आर्मीका ५० औ मिनेटमा दिनेश हेम्जनले डिबक्स भित्रदेखि गरेको प्रहारमा मोरङका गोलकिपर पूर्ण बाधक बने । लगत्तै निरान्जन धामीले गरेको प्रहार बाहिरियो । ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीको प्रहार मोरङका गोलरक्षक पूर्णले बिफल पारिदिए ।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । ५३ औ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोलकिपर विकेश कुथुले रोके । त्यसलगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए ।
मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । ७० औ मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो। आर्मीका गोलकिपर विकेश प्लेर अफ द म्याचघोषित र उनले ११ हजार रुपैयाँ पाए ।
नेपाल पुलिस क्लबले र एपिएफ फुटबल क्लबबीच बिहीवार दोस्रो क्वाटरफाइनल खेल हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]