default_image

10 months ago

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

975 views

0 Bookmark

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो।

खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

यसपछि ६१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनायो। राफिन्हाले बेन्फिकाको डिफेन्सिभ इररको फाइदा उठाउँदै गोल गरे। उनको यो सिजनको २५औं तथा च्याम्पियन्स लिगम नवौं गोल हो।

जनवरीमा समूह चरणमा यी दुई टोली भिड्दा पनि राफिन्हाले पाँच पटकको च्याम्पियन बार्सिलोनालाई जित दिलाएका थिए। उनले ९६ औं मिनेटमा निर्णायक गोल गर्दै रोमाञ्चक ९ गोलको खेलमा टोलीलाई जित दिलाएका थिए।

बार्सिलोना र बेन्फिकाबीचको दोस्रो लेग मंगलवार क्याम्प नाउमा हुनेछ।

पिएसजीको हार

लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो।
खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो।

२७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । लिभरपुलले दोस्रो प्रयासमै गोल गरेर नतिजा आफ्नो पक्षमा पार्यो । खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गर्यो ।

मोहम्मद सलाहको ठाँउमा मैदान प्रवेश गरेका हर्वी इलियटले आफ्नो पहिलो टचमै गोल गरे । डार्विन नुनेजले दिएको सुन्दर पासमा उनले गोल गरेका हुन्।
दोस्रो लेग मंगलवार लिभरपुलको आफ्नो मैदानमा हुनेछ।

अन्य खेलमा बायर्न म्युनिख र इन्टर मिलान विजयी भएका छन्। इन्टरले फेयनोर्डलाई २-० र बायर्नले बुन्डेसलिगा प्रतिद्वन्द्वी बायर लेभरकुसनलाई ३-०ले हरायो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.