10 months ago
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो।
फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी छुट्याउने निर्णय गरेको छ।
प्रत्येक महादेशबाट शीर्ष फुटबल क्लबहरू सहभागी हुने क्लब विश्वकप यो वर्षदेखि ८ टोलीबाट ३२ टोलीमा विस्तार गरिएको छ।
सन् २०२२ कतार विश्वकपको तुलनामा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी छ । विश्वकपमा ३२ देशले भाग लिएका थिए।
कतार विश्वकपको कुल पुरस्कार राशी ४ सय ४० मिलियन डलर पुरस्कार थियो । क्लब विश्वकपको पुरस्कार राशी त्यसको दुई गुणाभन्दा बढी छ।
फिफाले क्लब विश्वकपका ६३ खेल बाट ५ सय मिलियन डलर टिकटलगायतबाट आम्दानी हुने अपेक्षा गरेको छ। जसले क्लब विश्वकपमा प्रायोजकसहितबाट कुल आम्दानीको २ अर्ब डलर पुग्ने सम्भावना छ ।
फिफाले यो आम्दानीको ठूलो हिस्सा पुरस्कार राशीमा समेट्ने र सहभागी क्लबहरूको आर्थिक फाइदा सुनिश्चित गर्ने बताएको छ। बाँकी १ अर्ब डलर भने प्रतियोगिता सञ्चालन लगायतमा खर्च हुनेछ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनो ले भने, ‘यो कुनै पनि प्रतियोगितामा देखिएको भन्दा फरक स्तरमा सहभागी क्लबहरूलाई फाइदा पुग्नेछ। फिफाले यो प्रतियोगिताबाट आम्दानी हुने नाफाबाट एक पैसा पनि लिने छैन।’
युरोपका रियल म्याड्रिड (स्पेन), म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), बायर्न म्युनिख (जर्मनी), र पेरिस सेन्ट-जर्मेन (फ्रान्स) सहित १२ क्लबहरूले फिफासँग क्लब विश्वकपमा सहभागी भएबापत दसौं मिलियन डलर मुनाफा सुनिश्चित गर्न माग गरेका थिए।
यसका साथै, अन्तर्राष्ट्रिय फुटबलर्स संघ र युरोपियन क्लब संघ ले पनि खेलाडीहरूलाई पर्याप्त आराम नदिएको भन्दै फिफाको आलोचना गरेका छन्।
यद्यपि, विभिन्न स्थान प्राप्त गर्ने टोलीहरूलाई कति पुरस्कार राशी प्रदान गरिने हो भन्ने यसपटक घोषणा गरिएको छैन।
क्लब विश्वकप अमेरिका मा जुन १५ देखि जुलाई १३ सम्म आयोजना हुनेछ।
क्लब विश्वकपमा सहभागी टोलीहरू
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]