10 months ago
March 7, 2025
एजेन्सी – चेल्सीले युरोपा कन्फ्रेन्स लिग अन्तिम १६ को पहिलो लेगमा बिहीवार कोपनहेगनलाई २-१ ले हराएको छ।
रिस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई जित दिलाए। पहिलो हाफभरि चेल्सीले कोपेनहेगनको संगठित डिफेन्स विरुद्ध एउटा पनि प्रहार गर्न सकेन ।
घरेलु टोलीले राम्रो आक्रमणात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको पहिलो मिनेटमा जेम्सको गोलबाट चेल्सीले अग्रता बनायो। ६५ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
खेलको अन्तिम ११ मिनेट बाँकी रहँदा गाब्रिएल पेरेइराले हेडरमार्फत कोपनहेगनका गोल फर्काए । दोस्रो लेग चेल्सीको स्ट्याम्फोर्ड ब्रिजमा हुनेछ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]