10 months ago
March 7, 2025
एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।
युनाइटेड सोसिडाडसँग बिहीवार भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका जोहोशू जिर्कजीले गोल गरे । सोसिडाडका लागि मिकल ओयार्जाबलले गोल गरे ।
खेलको ५७औं मिनेटमा जिर्कजीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, ७०औं मिनेटमा ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै सोसिडाडलाई बराबरीमा पुर्याए । दोस्रो लेगको खेल मार्च १४ मा युनाइटेडको मैदानमा हुनेछ ।
अर्को खेलमा टोटनहम एजेड आख्मारसँग १-० ले पराजित भयो । लुकास बोरगभालीको आत्मघाती गोल निर्णायक रह्यो ।
युरोपा लिगको अन्तिम १६ का अन्य खेलमा इन्ट्राख्ट फ्रायन्कफर्टले आयक्सलाई २-१, बोडोले ओलम्पियाकोजलाई ३-० र लाजियोले भिक्टोरिया प्लाजेनलाई २-१ ले पराजित गर्यो ।
त्यस्तै लियानेले एफसीएसबीालई ३-१, रेन्जर्सले फेनाबाचेलाई ३-१ र एएस रोमाले एथलेटिको बिलबाोलई २-१ ले पराजित गर्यो।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]