9 months ago
March 7, 2025
एजेन्सी – पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् ।
गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ।
मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीवार २६ सदस्यीय टोलीको घोषणा गरे, जसमा सुनिल परेका छन् । भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यतिबेला सुनिल ४० वर्ष ७ महिना १६ दिनका हुनेछन्।
भारतीय टोली त्यसपछि मार्च २५ मा सिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा बंगलादेशविरुद्ध एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको उद्घाटन खेल खेल्नेछ।
त्यो समूहमा हङकङ र सिंगापुर पनि छन्। भारतीय टोली अहिलेसम्म एसियन कपको समूह चरण पार गर्न सकेको छैन ।
प्रशिक्षक मार्क्वेजले भनेका छन् , ‘एसियन कपको छनोट हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। यस प्रतियोगिताको महत्त्वलाई ध्यानमा राख्दै, मैले सुनिल क्षेत्रीसँग राष्ट्रिय टोलीलाई मजबुत बनाउन पुनरागमनको विषयमा छलफल गरे। उनले सहमति जनाए, त्यसैले हामीले उनलाई टोलीमा समावेश गरेका छौं।’
भारतबाट १ सय ५० खेल खेल्दै सुनिलले ९४ गोल गरेका छन् । पुरुष फुटबलमा देशका लागि सर्वाधिक गोल गोल गर्नेमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, र इरानका अली दाइपछि सुनिल चौथो स्थानमा छन्।
सुनिल बेंगलुरु एफसी बाट भारतीय सुपर लिग खेलिरहेका छन्। उनले भारतका लागि अन्तिम खेल गत वर्ष जुन ६ मा फिफा विश्वकप छनोटमा कुवेतविरुद्ध साल्ट लेक स्टेडियम, कोलकातामा खेलेका थिए।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]