default_image

9 months ago

March 7, 2025

‘बी’ डिभिजन लिगको तयारी पूरा

511 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबार सुरु हुँदैछ।

३ वर्षपछि हुन लागेको बी लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने बतायो।

नेपाल सुपर लिग (एनएसएल) सँग लिगको मिति जुधेको छ। जसका कारण सातामा १ वा २ खेल दशरथ रङ्गशालामा हुनेछ। एनएसएल चैत १६ गते सुरु हुनेछ।

फिफाले लिगको लागि करिब २ करोड रुपैयाँ बजेट उपलब्ध गराउनेछ। यसको लागि लिगको समयावधि बढी हुनुपर्छ। फिफाले कम्तीमा १ सय दिनको लिग गराउनु पर्ने भनेको छ।

मैदान र विभिन्न कारण देखाएर एन्फाले ९३ दिनको लिग सञ्चालन गर्ने भनेर फिफालाई खेल तालिका समेत पठाइसकेेको थियो। फिफाले सो खेल तालिका र समयावधिलाई मान्यता दिसकेको बताइएको छ।

तर सहभागी बी डिभिजन क्लबहरूले समय कम गर्न भनेर माग गरेका थिए। लामो समय लिग खेलाउन नसक्ने उनीहरूको तर्क थियो। तर आजको मितिसम्म ९३ दिनको खेल तालिका अनुरुप नै खेलाउने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन्। लिग अवधिभर ९१ खेल हुनेछन्।

लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए- डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन्।

लिगको समाप्तीमा अंक तालिकाको शीर्ष २ मा रहने क्लब ए-डिभिजनमा बढुवा हुनेछन्। अंक तालिकाको पुछारमा रहने २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन्।

लिगको विजेता टोलीले १५ लाख , दोस्रोले १० र तेस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । फेयर प्ले टोलीलाई १ लाख, उत्कृष्ट खेलाडीलाई र१ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

दशरथ रंगशालामा साधारण प्यारसपिटतर्फ १ सय र भिआपीतर्फ ३ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा साधारण प्यारापिटतर्फको टिकट दर १ सय रुपैयाँ कायम गरिएको छ।

लिग र नेपाल सुपर लिगको मिति जुद्धेको छ। जसका कारण फ्रेन्चाइज लिगमा बी डिभिजनका खेलाडीहरूलाई आबद्ध गर्न कठिनाइ भेरहेको फ्रेन्चाइज क्लबहरूको गुनासो छ। तर प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले एक वा दुई खेलाडीमा मात्र र्यो समस्या भएको र यसले खासै फरक नपर्ने बताउँछन्।

बी लिगको कुल बजेट रु ३९ करोड ३० लाख १ हजार ८ सय १३ रुपैयाँ रहेको छ। तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिसकेको पनि एन्फाले जनाएको छ। लिगको सम्पूर्ण खेलहरू प्राइम टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.