10 months ago
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबार सुरु हुँदैछ।
३ वर्षपछि हुन लागेको बी लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने बतायो।
नेपाल सुपर लिग (एनएसएल) सँग लिगको मिति जुधेको छ। जसका कारण सातामा १ वा २ खेल दशरथ रङ्गशालामा हुनेछ। एनएसएल चैत १६ गते सुरु हुनेछ।
फिफाले लिगको लागि करिब २ करोड रुपैयाँ बजेट उपलब्ध गराउनेछ। यसको लागि लिगको समयावधि बढी हुनुपर्छ। फिफाले कम्तीमा १ सय दिनको लिग गराउनु पर्ने भनेको छ।
मैदान र विभिन्न कारण देखाएर एन्फाले ९३ दिनको लिग सञ्चालन गर्ने भनेर फिफालाई खेल तालिका समेत पठाइसकेेको थियो। फिफाले सो खेल तालिका र समयावधिलाई मान्यता दिसकेको बताइएको छ।
तर सहभागी बी डिभिजन क्लबहरूले समय कम गर्न भनेर माग गरेका थिए। लामो समय लिग खेलाउन नसक्ने उनीहरूको तर्क थियो। तर आजको मितिसम्म ९३ दिनको खेल तालिका अनुरुप नै खेलाउने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।
लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन्। लिग अवधिभर ९१ खेल हुनेछन्।
लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए- डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन्।
लिगको समाप्तीमा अंक तालिकाको शीर्ष २ मा रहने क्लब ए-डिभिजनमा बढुवा हुनेछन्। अंक तालिकाको पुछारमा रहने २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन्।
लिगको विजेता टोलीले १५ लाख , दोस्रोले १० र तेस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । फेयर प्ले टोलीलाई १ लाख, उत्कृष्ट खेलाडीलाई र१ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
दशरथ रंगशालामा साधारण प्यारसपिटतर्फ १ सय र भिआपीतर्फ ३ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा साधारण प्यारापिटतर्फको टिकट दर १ सय रुपैयाँ कायम गरिएको छ।
लिग र नेपाल सुपर लिगको मिति जुद्धेको छ। जसका कारण फ्रेन्चाइज लिगमा बी डिभिजनका खेलाडीहरूलाई आबद्ध गर्न कठिनाइ भेरहेको फ्रेन्चाइज क्लबहरूको गुनासो छ। तर प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले एक वा दुई खेलाडीमा मात्र र्यो समस्या भएको र यसले खासै फरक नपर्ने बताउँछन्।
बी लिगको कुल बजेट रु ३९ करोड ३० लाख १ हजार ८ सय १३ रुपैयाँ रहेको छ। तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिसकेको पनि एन्फाले जनाएको छ। लिगको सम्पूर्ण खेलहरू प्राइम टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]