default_image

9 months ago

March 7, 2025

फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

538 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।

क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरिएको हो । पुस ६ देखि १५ सम्म प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय सार्वजनिक गरेको छ।

वचन दिएको रकम संकलन भएमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैँया नाफा हुने अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।

क्लबलेले देखाएको हिसाबमा नाफा भने उधारोमा देखिएको छ । प्रतियोगितामा जम्मा ८० लाख २९ हजार १ सय ५३ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ७९ लाख ३ हजार १ सय २ रुपैँया खर्च भएको बताइएको  छ । 

२ लाख ३५ हजार ३ सय ८९ रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ ।  हाल क्लबको खातामा १ लाख २६ हजार ५१ रुपैँया मौज्दात रहेको  जनाएको  छ ।  प्रतियोगिताका लागि बिभिन्न संघ संस्था र दाताहरुले वचन दिएको ८ लाख ६७ हजार १ सय ९ रुपैँया उठ्न बाँकी छ ।

फाल्गुनन्द गोल्डकप प्रतियोगितामा टिकट विक्रीबाट मात्र  २६ लाख ६८ हजार ५० रुपैयाँ  आम्दानी भएको आयोजक क्लबल जनाएको छ ।

फिदिम नगरपालिककाले आफुलेनै बनाएको कार्यविधि मिच्दै यस प्रतियोगिताको लागी पहिलो पुरस्कार राशि प्रदान गरेको थियो । फिदिम नगरपालिकाले यसभन्दा अगाडिका प्रतियोगिताहरु र यस पछिका प्रतियोगिताहरुलाइ दोश्रो पुरस्कारबापतको रकममात्र प्रदान गर्दै आएको छ ।

११ औं  फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा १० लाख ८९ हजार ८ सय ५० रुपैयाँको टिकट बिक्रि भएको  बताइएको छ  ।

मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड बिच भएको फाइनलमा  ३ सय रुपैयाँ को टिकट दर थियो।मच्छिन्द्रलाई‌ हराएर चर्च ब्वाइजले उपाधि जितेको थियो।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.