default_image

10 months ago

March 7, 2025

फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

541 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।

क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरिएको हो । पुस ६ देखि १५ सम्म प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय सार्वजनिक गरेको छ।

वचन दिएको रकम संकलन भएमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैँया नाफा हुने अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।

क्लबलेले देखाएको हिसाबमा नाफा भने उधारोमा देखिएको छ । प्रतियोगितामा जम्मा ८० लाख २९ हजार १ सय ५३ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ७९ लाख ३ हजार १ सय २ रुपैँया खर्च भएको बताइएको  छ । 

२ लाख ३५ हजार ३ सय ८९ रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ ।  हाल क्लबको खातामा १ लाख २६ हजार ५१ रुपैँया मौज्दात रहेको  जनाएको  छ ।  प्रतियोगिताका लागि बिभिन्न संघ संस्था र दाताहरुले वचन दिएको ८ लाख ६७ हजार १ सय ९ रुपैँया उठ्न बाँकी छ ।

फाल्गुनन्द गोल्डकप प्रतियोगितामा टिकट विक्रीबाट मात्र  २६ लाख ६८ हजार ५० रुपैयाँ  आम्दानी भएको आयोजक क्लबल जनाएको छ ।

फिदिम नगरपालिककाले आफुलेनै बनाएको कार्यविधि मिच्दै यस प्रतियोगिताको लागी पहिलो पुरस्कार राशि प्रदान गरेको थियो । फिदिम नगरपालिकाले यसभन्दा अगाडिका प्रतियोगिताहरु र यस पछिका प्रतियोगिताहरुलाइ दोश्रो पुरस्कारबापतको रकममात्र प्रदान गर्दै आएको छ ।

११ औं  फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा १० लाख ८९ हजार ८ सय ५० रुपैयाँको टिकट बिक्रि भएको  बताइएको छ  ।

मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड बिच भएको फाइनलमा  ३ सय रुपैयाँ को टिकट दर थियो।मच्छिन्द्रलाई‌ हराएर चर्च ब्वाइजले उपाधि जितेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.