10 months ago
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को लागि फ्रेन्चाइज क्लब ललितपुर सिटी एफसीले प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लाना लाई अनुबन्ध गरेको छ।
डिफेन्डिङ च्याम्पियन ललितपुर शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै जोनाथनलाई टिमसँग आवद्ध गरेको जनाएको छ।
एसिया र मध्यपूर्वका शीर्ष लिगहरू खेलेको अनुभव जोनाथनसँग छ। जसले गर्दा टिमलाई मजबुत बनाउने विश्वास टोलीले लिएको छ।
जोनाथनले प्यालेस्टाइन राष्ट्रिय टोलीका लागि ३४ खेल खेल्दै १० गोल गरेका छन्। ३२ वर्षीय जोनाथनले व्यवसायिक करियरमा चिलीको पालिस्टिनो, मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इनपिपुआई क्लब र इन्डोनेसियाको पिएसआइएस सेमाराङ जस्ता क्लबबाट खेलेका छन्।
यसअघि ललितपुरले छेन्चो ग्याल्तशेन र केर्भेन्स बेल्फोर्ट लाई पनि टोलीमा समावेश गरिसकेको छ। छेचो भुटान राष्ट्रिय टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता हुन्।
हैटीका फरवार्ड केर्भेन्स बेल्फोर्टसँग फ्रान्सको ले मन्स, बंगलादेशको अबाहानी लिमिटेड ढाका, र मलेसियाको केलान्तान एफए जस्ता क्लबहरूबाट खेलेका छन्।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ ललितपुरका मार्की खेलाडी हुन्। एनएसएलको तेस्रो संस्करण चैत १६ गते सुरु हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]