9 months ago
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को लागि फ्रेन्चाइज क्लब ललितपुर सिटी एफसीले प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लाना लाई अनुबन्ध गरेको छ।
डिफेन्डिङ च्याम्पियन ललितपुर शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै जोनाथनलाई टिमसँग आवद्ध गरेको जनाएको छ।
एसिया र मध्यपूर्वका शीर्ष लिगहरू खेलेको अनुभव जोनाथनसँग छ। जसले गर्दा टिमलाई मजबुत बनाउने विश्वास टोलीले लिएको छ।
जोनाथनले प्यालेस्टाइन राष्ट्रिय टोलीका लागि ३४ खेल खेल्दै १० गोल गरेका छन्। ३२ वर्षीय जोनाथनले व्यवसायिक करियरमा चिलीको पालिस्टिनो, मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इनपिपुआई क्लब र इन्डोनेसियाको पिएसआइएस सेमाराङ जस्ता क्लबबाट खेलेका छन्।
यसअघि ललितपुरले छेन्चो ग्याल्तशेन र केर्भेन्स बेल्फोर्ट लाई पनि टोलीमा समावेश गरिसकेको छ। छेचो भुटान राष्ट्रिय टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता हुन्।
हैटीका फरवार्ड केर्भेन्स बेल्फोर्टसँग फ्रान्सको ले मन्स, बंगलादेशको अबाहानी लिमिटेड ढाका, र मलेसियाको केलान्तान एफए जस्ता क्लबहरूबाट खेलेका छन्।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ ललितपुरका मार्की खेलाडी हुन्। एनएसएलको तेस्रो संस्करण चैत १६ गते सुरु हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]