10 months ago
March 7, 2025
हिमाल खरेल, मेचीनगर
पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । ५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका संस्थापक अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।
त्यस्तै, स्तरोन्नति तथा मर्मत गरेर आकर्षक खेलमैदान बनाइएको छ । रोलर लगाएर, घाँस मिलाएर तथा मैदान सम्याएर खेलमैदान बनाइएको मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिए ।
शनिवार उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ ।
बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वाटरफाइनलमा एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक विमल आचार्यले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उच्च गोलकर्ताले २५ हजार , उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ म्याचले ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सचिव राजु कार्कीले बताए ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]