10 months ago
March 7, 2025
दिपक बोहोरा, इलाम
इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले तयार रहेको बताएका छन् ।
इलामको ठूलो टुडिखेलमा आज भएको प्री म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिम फाइनलको लागि तयार रहेको बताएका हुन् ।
आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनल पुगेको थियो।
भारतीय क्लबलाई १४-१ ले हराएको यात्रा सुरु गरेको एपिएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको थियो।
एपिएफको पहिलो रोजाइमा राष्ट्रिय टोलीमा रहेका १० खेलाडी छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा र सावित्रा भण्डारी ‘साम्बा’ विना पनि एपिए राष्ट्रिय टोली जत्तिकै छ ।
एपिएफको तुलनामा आर्मीमा राष्ट्रिय टोलीको खेलाडीको संख्या कम छ। घरेलुु फुटबलमा आर्मीमाथि एपिएफ हाबी हुँदै आएको छ।
आर्मी माथि हाबी भएको एपीएफलाई इलामको मैदानमा हराउने रणनीतिमा उत्रने आर्मीका प्रशिक्षक कृष्ण सिंह टुङ्नाले बताए ।
उनले चिरपरिचित प्रतिस्पर्धी भएकाले पनि एपिएफको खेल थाहा भएको र अझ इलामे दर्शकको साथले उत्साहका साथ जित्ने दाबी गरे ।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनल रोचक हुने अनुमान गरे। परिचित विपक्षी टोली भएकोले सहज हुने र इलामको मैदान पनि अभ्यस्त भएकोले फाइनल समस्या नहुने पाण्डेको विश्वास छ।समस्या नभएको बताए।
आर्मीकी कप्तान सुनिता चौधरीले दर्शकको साथ र हौसलाले खेल्न सहज हुने बताइन्। एपिएफकी कप्तान अनिता बस्नेतले इलामको जस्तो माया गर्ने दर्शक अन्त कतै नदेखेको बताइन् ।
आर्मीले फाइनलमा राष्ट्रिय टोली डिफेन्डर विमला बिके, पूर्व राष्ट्रिय खेलाडी शर्मिला थापा , राष्ट्रिय टोली स्ट्राइकर विमला चौधरी, गोलकिपर अञ्जना राना मगर, चन्द्रा भण्डारी, अञ्चली वाइबा हेमा चौधरी, सुनिता चौधरी लगायत प्लेइङ सेटमा मैदान उतार्ने छ ।
एपिएफले प्रीति राई, निशा थोकर , अनिता केसी, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, गीता राना, सविता राना मगर, गोलकिपर सावित्री किसन, रेनुका नगरकोटी, सरु लिम्बू, मनमाया दमाईलाई खेलाउने सम्भावना छ।
विजेता टोलीले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]