10 months ago
March 7, 2025
हिमाल खरेल,बिर्तामोड
सुनसरीको न्यु स्टार क्लबमाथि सानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनलमा न्यु स्टारलाई ३-० ले हराउँदै बगान अन्तिम चारमा पुगेको हो ।
बगानका लागि मिलन चाम्लिङले ६० औँ र ६९ औँ गोल गरे । ६५ औँ मिनेटमा दिपेश श्रेष्ठले गोल गरे। विजयी टोलीका मिलन प्लेयर अफ द म्याच भए । उनले ३ हजार रुपैयाँ र ट्रफी पाए ।
उनलाई मुख्य प्रवर्धक बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे ।
भोलिको पहिलो सेमिफाइनल खेल आयोजक बुट्टाबारी युनाइटेड क्लब र इलामको रेडहर्स फुटबल क्लबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख एक हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]