default_image

10 months ago

March 8, 2025

इलाममा एपिएफ महिला गोल्ड कप च्याम्पियन

4697 views

0 Bookmark

दिपक बोहोरा, इलाम

एपिएफ फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई शनिवार २-१ ले हराउँदै च्याम्पियन बनेको‌ हो।

एन्फा महिला लिग विजेता समेत रहेको एपिएफका लागि गीता राना र सविता राना मगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।

२५ औं मिनेटमा गीतसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । रश्मिकुमारी घिसिङलाई आर्मीका खेलाडीले‌ पेनाल्टी बक्समा फाउल हानेपछि एपिएफले पेनाल्टी पाएको हो ।

सविताले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको क्रसमा सविताले गोल‌ गरिन् । प्रतिस्पर्धामक खेलमा विमलाले ६९औं मिनेटमा गोल‌ गर्दै अन्तर घटाइन्‌ । तर आर्मी बराबरी गोल गर्न असफल रह्यो । फाइनलमा सयौं दर्शको उपस्थिति थियो।

एपिएफ नेपाल पुलिस क्लब र आर्मी आयोजक ओएसिसलाई हराउँदै फाइनलमा पुगेको थियो।

विजेता एपिएफले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.