default_image

9 months ago

March 8, 2025

इलाममा एपिएफ महिला गोल्ड कप च्याम्पियन

4693 views

0 Bookmark

दिपक बोहोरा, इलाम

एपिएफ फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई शनिवार २-१ ले हराउँदै च्याम्पियन बनेको‌ हो।

एन्फा महिला लिग विजेता समेत रहेको एपिएफका लागि गीता राना र सविता राना मगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।

२५ औं मिनेटमा गीतसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । रश्मिकुमारी घिसिङलाई आर्मीका खेलाडीले‌ पेनाल्टी बक्समा फाउल हानेपछि एपिएफले पेनाल्टी पाएको हो ।

सविताले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको क्रसमा सविताले गोल‌ गरिन् । प्रतिस्पर्धामक खेलमा विमलाले ६९औं मिनेटमा गोल‌ गर्दै अन्तर घटाइन्‌ । तर आर्मी बराबरी गोल गर्न असफल रह्यो । फाइनलमा सयौं दर्शको उपस्थिति थियो।

एपिएफ नेपाल पुलिस क्लब र आर्मी आयोजक ओएसिसलाई हराउँदै फाइनलमा पुगेको थियो।

विजेता एपिएफले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.