default_image

10 months ago

March 8, 2025

युनाइटेडलाई‌ तेस्रो जेसीज कप फुटबल उपाधि

321 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

ग्रेस गुराँस गुठी युनाइटेडले तेस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बाङ्गेचौर खेलमैदानमा शनिवार भएको फाइनलमस साविक विजेता बागलुङ सुधार केन्द्रलाई ट्राइब्रेकरमा ४-३ ले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेट र थप १४ मिनेटमा खेल १-१ को बराबरी टुंगिएपछि टाइब्रेकरमा युनाइटेड भाग्यशाली रह्यो।

५६ औं मिनेटमा निराजन खत्रीको गोलमा युनाइटेडले अग्रता लियो । त्यसको एक मिनेटपछि सुधार केन्द्रका विदेशी खेलाडी अबेका रिचर्डले बराबरी गोल गरे।
बराबरीपछि थपिएको १४ मिनेटमा गोल भएन ।

ट्राइब्रेकरमा युनाइटेडका सम्राट लिम्बु, जेनिश प्रजापति, विविध थापा र मनिष थकालीले गोल गरे। किरण थापाको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

सुधार केन्द्रका राहुल गुरुङ, निशान थापा र सुशील लामाले गोल गरे। रोशन क्षेत्रीको प्रहार युनाइटेड का गोलकिपर सौगात खड्काले रोके। प्रशन्न श्रेष्ठको प्रहार पोस्टमा लागेर बाहिरियो।

युनाइटेडले उपाधिसहित २ लाख र सुधार केन्द्रले १ लाख रुपैयाँ प्राप्त गर्यो । युनाइटेडका गोलकिपर सौगात खड्का फाइनलको प्लेयर अफ दी म्याच घोषित भए ।

बागलुङ सुधार केन्द्रका कप्तान निशान थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

युनाइटेडका सौगात खड्का उत्कृष्ट, सन्दिप छन्त्याल उत्कृष्ट डिफेन्डर, सुधार केन्द्रका सुशील लामा उत्कृष्ट मिडफिल्डर , सुधार केन्द्रका रोशन क्षेत्री उत्कृष्ट फरवार्ड घोषित भए। ३ गोलसहित युनाइटेडका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

म्याग्दी जिल्ला फुटबल संघले अनुशासित टिम घोषित हुँदै ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्यो । बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा ११ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता, उप विजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशका सदस्य दिपेन्द्र बहादुर थापा, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.