10 months ago
March 8, 2025
हिमाल खरेल,बिर्तामोड
इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो ।
आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल खेलको अन्त्यतिर थपेको हो । खेलमा एकतर्फी दबाब दिएको बुट्टाबारीका लागि खेलको तेस्रो मिनेटमा विजय राईले गोल गरे ।
त्यस्तै, खेलको छैटौँ मिनेटमा रोशन धिमालले गोल गर्दै खेल २-० को स्थितिमा पुर्याए । खेलको ७६ औँ मिनेटमा किरण गुरुङको गोलमा आयोजकले ३-० को जित निकालेको हो ।
खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका अभिषेक चौधरी भए । उनले ३ हजार रुपैयाँ र ट्रफी पाए । उनलाई आजको खेलकी अध्यक्ष तथा क्लबकी सहसचिव एलिजा पोखरेल लगायतले गरे ।

भोलिको अन्तिम सेमिफाइनल खेल शनिश्चरे फुटबल क्लब अर्जुनधारा र बगान युथ क्लब कचनकवलबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय २२ र दोस्रो टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]