default_image

9 months ago

March 9, 2025

लिभरपुलको अर्को जित

241 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ ।

लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे ।

विलियमले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दिलाए पनि साउथह्याम्पटनले त्यसलाई जोगाउन सकेन।

५१औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ५४ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेल सकिन २ मिनेट बाँकी रहँदा लिभरपुलले सलाहले पेनाल्टीमा अर्को गोल गरे।

लिभरपुलको २९ खेलमा ७० अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको‌ १६ अंक बढी छ । साउथह्याम्पटन ९ अंकसहित रेलिगेसन जोनमा छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.