10 months ago
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ ।
लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे ।
विलियमले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दिलाए पनि साउथह्याम्पटनले त्यसलाई जोगाउन सकेन।
५१औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ५४ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेल सकिन २ मिनेट बाँकी रहँदा लिभरपुलले सलाहले पेनाल्टीमा अर्को गोल गरे।
लिभरपुलको २९ खेलमा ७० अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको १६ अंक बढी छ । साउथह्याम्पटन ९ अंकसहित रेलिगेसन जोनमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]