10 months ago
March 9, 2025
एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ।
उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ।
घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् ।
१४औं मिनेटमा निको गोन्जालेजले लामो दूरीबाट गरेको प्रहार पोस्टमा ठोक्किएको थियो । त्यो ने खेलमा सिटीको सबैभन्दा राम्रो मौका रहेको थियो।
हड्सन-ओडोईले पहिले नै एक उत्कृष्ट कर्लिङ प्रहार गरेको थिए । त्यसलाई गोलकिपर एडर्सनले बचाए। अन्तमा उनले फरेस्टलाई पुनः विजयी यात्रामा फर्काए। त्यसले ३ खेलको जितविहीन यात्रालाई टुंग्यायो।
फरेस्ट ५१ अंकसहित तेस्रो स्थानमा कायम छ। चौथो स्थानको सिटीको भन्दा फरेस्टको ४ अंक बढी छ। यदि आइतवार चेल्सीले लेस्टर सिटीलाई हराएको खपडमा सिटी शीर्ष चारबाट बाहिरिनेछ।
अन्य खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३-१ ले, ब्राइटनले फुलहमलाई २-१, एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई १-० ले, क्रिस्टल प्यालेसले इप्स्विचलाई १-० ले हरायो।
उल्भ्स र एभर्टनले १-१ को बराबरी खेले। शीर्ष स्थानको लिभरपुलको ७० र दोस्रो स्थानको ५४ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]