9 months ago
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज
विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ ।
आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो।
निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए।
५८औँ मिनेटमा विकास वि.क.ले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। विकास दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
टाइब्रेकरमा पुलिसका कप्तान रामचन्द्र वाजी, संजीव लामा, गोलकिपर अमित टामाटाले गोल गरे । उज्वल राईले प्रहार बाहिरिएको थियो ।
मच्छिन्द्रको कुनै प्रहार सफल भएन । विशाल तामाङ र दिवाकर चौधरीको प्रहार बाहिरिएको थियो। समिरराजको प्रहार पुलिसका गोलकिपर अमितले रोकेका थिए। फाइनलको प्लेयर अफ दि म्याच समिराजले १० हजार रुपैयाँ प्राप्त गरे।
विजेता पुलिसले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ र मच्छिन्द्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो।
पुलिसका कप्तान रामचन्द्र वाजी प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी घोषित भए र उनले विद्युतीय स्कुटर पाए ।
पुलिस क्लबका अमित टामाटा उत्कृष्ट गोलकिपर, चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले समान २० हजार रुपैयाँ प्राप्त गरे।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]