default_image

10 months ago

March 9, 2025

बायर्न म्युनिखको हार

486 views

0 Bookmark

एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ।

२ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो।

राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा हेडर गोल गरे।

तर, ३४औं मिनेटमा याकोभ मेडिकले आफ्नो पहिलो बुन्डेसलिगा गोल गर्दै टप कर्नरमा शक्तिशाली प्रहार गरे र अन्तर घटाए।

पहिलो हाफको समाप्ति हुन दुई मिनेट बाँकी रहँदा बायर्नका जोआओ पाल्हिन्हाले जिओर्गोस मासुरासलाई फाउल हानेपछि सिधै रातो कार्ड पाए।

५१ औं मिनेटमा फेलिक्स पास्ल्याकको पासमा इब्राहिमा सिसोकोले हेडरले गोल गर्दै बोखुमलाई बराबरीमा ल्याए।

त्यसपछि ७१ औं मिनेटमा मातुस बेरोले काउन्टर अट्याकमा नजिकैबाट गोल गर्दै बोखुमलाई ऐतिहासिक जित दिलाए । यो भिन्सेन्ट कोम्पनीले बायर्नको प्रशिक्षक बनेपछि भोगेको दोस्रो बुन्डेसलिगा पराजय हो।

२१ वर्षीय जोनास उर्बिगले घाइते गोलकिपर म्यानुएल नोएरको स्थानमा डेब्यु गर्दै उत्कृष्ट बचाउ गरे। उनले विशेष मोरिट्ज ब्रोसिन्स्कीको प्रयासलाई विफल पारे।

गुएरेरोका गोलहरू बीचमा लेरोय सानेलाई पेनाल्टी क्षेत्रभित्र मेडिकले लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो। तर सर्ज ग्नाब्रीको प्रहार पोस्टमा ठोक्कियो, जसले बायर्नले अग्रता बढाउने अवसर गुमायो।

यो सिजन बायर्नले गुमाएको पहिलो पेनाल्टी हो। नियमित पेनाल्टी लिने खेलाडी ह्यारी केन १० खेलाडी परिवर्तनमध्ये एक थिए । जसलाई बेयर लेभरकुसेनविरुद्धको मध्यसप्ताह च्याम्पियन्स लिग जितपछि आराम दिइएको थियो।

यी परिवर्तनहरू बायर्नका लागि महँगा सावित भयो। किनकि उनीहरू १४ डिसेम्बरमा माइन्जविरुद्धको खेलपछि पहिलो पटक लिगमा पराजित भयो । बोखुमले ३४ वर्षपछि पहिलो पटक बायर्नलाई उसकै मैदानमा हराएको हो।

यो नतिजापछि पनि बायर्नले शीर्ष स्थानमा ८ अंकको अग्रता कायम राखेको छ। बोखुम रेलिगेसन जोनबाट दुई अंक टाढा १६औं स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.