9 months ago
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं।
उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई निर्देशक मिलन चाम्सले सिल्भर स्क्रिनमा मज्जैले उतारेका छन्।
उनै एञ्जिलाको संघर्षपूव जीवन कथा समेटिएको चलचित्र ‘अञ्जिला’ को आज ग्रान्ड प्रिमियर भएको छ।
फिल्ममा एञ्जिलाको इलामदेखि विभागीय टोली एपिएफ हुँदै राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ।
निर्देशक चाम्स एञ्जिलाको संघर्ष र सफलताको कथालाई प्रभावशाली रूपमा पर्दामा उतार्न सफल भएका छन्। अझ भनौं दमदार शैलीमा उतार्न सफल भएका छन्।
फिल्ममा केवल फुटबल यात्रा मात्र होइन। उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रुपमा चित्रण गरिएको छ।
अर्को महत्वपुर्ण पाटो यो बायोपिकमा अञ्जिला आफैले अभिनय गरकी छिन्। जुन नेपाली सिनेमामा निकै दुर्लभ उदाहरण हो।
हामीले थुप्रै बायोपिकहरू हेर्दै आएका छौं। भारतीय चलचित्रमा पनि बायोपिकमा स्वयमले अभिनय गरेको विरलै देख्न पाइन्छ। तर एञ्जिलाको अभिनय उत्कृष्ट छ। उनले आफ्नो जीवनकै संघर्षलाई पर्दामा जीवन्त बनाउन कुनै कमी राखिनन्।

नेपाली सिमेमा क्षेत्रका चर्चित अभिनेता दयाहाङ राईको अभिनयको चर्चा सायदै गर्नपर्छ। उनको अभिनय अन्य चलचित्रमा जस्तै उम्दा छ।
फिल्ममा एञ्जिलाकी आमाको भूमिका निकै महत्वपूर्ण छ। सृजना सुब्बाको अभिनयले फिल्मलाई अझ वास्तविकता दिएको छ। विशेषगरी छोरीको सपना पूरा गर्न देखाएको संघर्ष र अविचलित साथले हरेक दर्शकको दिमागमा झट्का दिन्छ।
फिल्मको मध्यान्तर अगाडि सम्म दर्शकहरू हसाउन निर्देशक चाम्स सफल भएका छन्। मध्यान्तरपछि दर्शकको आँखा रसाउँछ। संघर्षको कथालाई उनले न्याय गरेका छन्। संघर्षपछि सफलता कै कारण यो सिनेमा निर्माण गरिएको हो। तर निर्देशक चाम्स संघर्षमा नै केन्द्रीत भएका छन्। त्यसैले यो सिनेमा एञ्जिलाको संघर्षको कथा हो।
सिनेमा प्राविधिक रूपमा पनि राम्रो बनेको छ। सिनेमेटोग्राफी उत्कृष्ट छ। राष्ट्रिय टोलीका आधा दर्जन भन्दा बढी खेलाडीलाई पनि फिल्ममा देख्न सकिन्छ।
नेपाली फुटबललाई नजिकबाट नियाल्ने दर्शकले भने केहि त्रुटि देख्न सक्छन्। राष्ट्रिय प्रतियोगिताको प्लट चलिरहँदा दशरथ रंगशालाको दर्शकले भरिएको दृश्य नमिलेको जस्तो लाग्न सक्छ।
समग्रमा सिनेमा उत्कृष्ट बनेको छ। जसरी पछिल्लो समय अन्तराष्ट्रिय फुटबल हुँदा दशरथ रंगशालामा थामि नसक्नु दर्शकको समर्थन र उपस्थिति थियो। सोही थामिनसक्नु भीडले हलहरुलाई हाउसफुल बनाउन सक्छ।

‘अञ्जिला’ केवल एक फुटबल खेलाडीको कथा मात्र होइन। यो सपना देख्ने, संघर्ष गर्ने र सफलता हासिल गर्ने हरेक नेपाली युवाको कथा हो। फिल्म प्रेरणादायी छ र सबैले हेर्नु पर्ने एउटा नेपाली खेलाडीको उत्कृष्ट बायोपिक बनेको छ।
नेपाली खेलकुदमा एञ्जिलाको जस्तो धेरै कथा छन्। कतिको कथा सुनिएको छ। कतिको कथा नसुनिदै खेल जीवन सकिसकेको छ । कतिको कथा सुन्न बाँकी छ। अनि सफलताको स्वाद चाखेपछि सबैले आफ्नो दु:खको पाटो नखोल्न सक्छन्। तर एञ्जिलाले आफ्नो कथा सुनाउने र देखाउने हिम्मत र साहस गरेकी छिन्। जुन हजारौं एञ्जिलाको लागि प्रेरणा बन्न सक्छ।
फिल्म बिहीवारदेखि देशभरका हलमा एकै पटक प्रदर्शनमा आउनेछ। एक पटक हेर्ने पर्ने फिल्म बनेको छ ‘अञ्जिला’ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]