default_image

9 months ago

March 11, 2025

थापाद्वारा एन्फा महासचिव राईविरुद्ध जिल्ला अदालतमा पनि मुद्दा

817 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्धा दायर गरेका छन्।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै थापाले मुद्धा दायर गरेको जनाएका छन्।

सोही विषयमा थापाले गत साता एन्फा महासचिव राई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा उजुरी दिएका थिए ।

थापाले‌ विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कार्वाही हुने विश्वास लिएको र भविशष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्र हत्या हुने यस्ता गतिविधि गर्न नसक्ने विश्वास लिएको जनाएका छन् ।

एन्फा महासचिव राईले एक टेलिभिजन अन्तरवार्तामा आफूमाथि अत्यन्तै गम्भीर आरोप लगाएको विषयमा त्यसलाई सच्याउन र आत्माआलोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर आफू कानुनी कार्वाहीको प्रक्रियामा गएको थापाले बताएका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.