9 months ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसनबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।
एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा बराबरी नतिजासँगै दुवैले १/१ अंक बाँडेका छन्। खेलको ४१ औं मिनेटमा मध्यपुरले पहिले अग्रता बनायो। सन्तोष गोङ्गबाको हेडेरमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफमा टुसाल खेलमा फर्कन सफल रहयो। ६६औं मिनेटमा अनमार्क पोजिसनमा रहेका विनोद नेम्वाङले क्लोज रेन्जबाट गोल गरे। यो सँगै खेल १-१ को बराबरीमा पुग्यो। यसपछि खेलमा थप गोल हुन सकेन । खेल बराबरी कै नतिजामा सकियो।
दुवै टोलीले जितबाट लिगको सुरुवात गर्न सकेनन्। आजै एन्फा कम्पलेक्समा हुने खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]