default_image

9 months ago

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

317 views

0 Bookmark

हिमाल खरेल, बितामोड

कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो ।

बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । खेलको ७८ औँ मिनेटमा बुट्टाबारीका आकाश राईले सान्त्वाना एक गोल फर्काए ।

बगानका मिलन राई फाइनलको प्लेयर अफ द म्याच भए । उनले ३ हजार रुपैयाँ र ट्रफी पाए ।

उपाधिसँगै बगानले नगद २ लाख २ हजार २ सय २२ सय र बुट्टाबारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।

त्यस्तै, उच्च गोलकर्ता बुट्टाबारीका आकाश राई, बुट्टाबारीका अतित राई उदीयमान खेलाडी
र बगानका देवेन भूजेल उत्कृष्ट गोलकिपर भए । उनीहरुले जनही १० हजार रुपैयाँ र ट्रफी पाए ।

बुट्टाबारीका गोलकिपर अभिषेक चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए । उनले नगद १५ हजार, ट्रफी र मेडल पाए ।

विजेता तथा उपविजेता टोलीकट खेलाडीलाई बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यष प्रशान्त भण्डारी, प्रायोजक कनकाई हस्पिटलका अध्यक्ष युवराज डाँगी, बिर्तामोड-६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, वडा नम्बर-५ का वडा अध्यक्ष रोहित प्रसाईं, समाजसेवी रामुकमार कन्दङवा, हरियाली सामुदायिक वनका सचिव कृष्णमाया चौधरी, क्लबका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कृत गरे।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.