default_image

9 months ago

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

1039 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्।

आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्।

च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख २५ देखि जेठ ४ (मे ८ देखि १८) गते सम्म हुने तय भएको छ। यो पटक पाकिस्तानले भाग नलिने भएको छ।

च्याम्पियनसिपमा कुल ९ खेल हुनेछन्। जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र फाइनल हुनेछ।
नेपाल यो च्याम्पियनसिपको पहिलो संस्करणको विजेता हो।

सन् २०१५ मा पहिलो पटक विजेता बनेको नेपालले दोस्रो पटक २०१७ मा उपाधि जितेको थियो।

भारतले सर्वाधिक ३ पटक उपाधि जितेको छ। गत संस्करण नेपालमा भएको च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ४-१ ले हराएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.