default_image

9 months ago

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

455 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो ।

आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब मोडरको पेनाल्टी गोलले फेयनोर्डलाई खेलमा फर्कायो।

तर, दोस्रो हाफ सुरु भएको छ मिनेटमै हाकान चाल्हानोग्लुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए। त्यसपछि खेल इन्टरका लागि सहज बन्यो।

अब इन्टर मिलानले क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

बार्सिलोनाको सहज जित

बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने।

बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो।यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे।

तर, त्यो खुसी लामो समय टिकेन। बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्‍यो। आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे।

यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनाए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे।

बायर्न विजयी

बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो ।

समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो। ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।

केनले ५२ औं‌ मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।

इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।

पिएसजी अन्तिम आठमा

लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।

लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्‍यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल‌ गरेका थिए ।

पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो । १-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.