9 months ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ ।
एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज युनियनका खेलाडीको तीन वटा वान भर्सेज वान प्रयास समेत बचाए ।
गोलकिपर धिमालको उत्कृष्ट प्रदर्शनमा ब्वाइज युनियनले जितबाट सुरूवात गर्न सकेन । खेल गोल रहित बराबरीमा सकियो । दुवैले समान १/१ अंक जोडे । यो खेलमा नयाँवस्तीका गोलकिपर योगेश धिमाल प्लेयर अफ दी म्याच बने ।

आज हुने दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको विजेता टोलीले नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद १० लाख पुरस्कार प्रदान गरिनेछ। त्यस्तै तेस्रो हुने टोलीले रु ५ लाख हात पार्नेछ। फेयर प्ले टिमलाई रु १ लाख, उत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५० हजार प्रदान गरिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]