9 months ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ।
एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो।
५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले अग्रता दुगुना गरे। २-० ले पछि परेको बाँसबारीका विके राईले इन्ज्युरी समयमा गोल फर्काए। त्यो गोल सान्त्वना गोलमा सिमित बन्यो। योसँगै सरस्वतीले सुखद सुरुवात गर्यो।

आज भएको नयाँवस्ती युथ क्लब र ब्वाइज युनियन क्लबबीचको पहिलो खेल गोल रहित बराबरीमा सकिएको थियो।
१४ टोलीको सहभागिता रहेको लिगमा योसँगै पहिलो चरणका सबै खेल सकिएको छ। पहिलो चरणमा सरस्वती, प्लानिङ ब्वाइज, ब्रिगेड ब्वाइज र श्री भगवतीले समान ३ अंक जोडेका छन्।
च्यासल, वीरगञ्ज, टुसाल, मध्यपुर, नयाँवस्ती र ब्वाइज युनियनले समान १ अंक छ। झापा श्री कमारी, आरसीटी र बाँसबारीले पहिलो चरणमा अंकको खाता खोल्न सकेनन्। चैत ४ गतेदेखि दोस्रो चरणका खेल हुनेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]