default_image

9 months ago

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

498 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक खेलको ६६ औं मिनेट पथरी ११ बराबरी गोल फर्कायो । विदेश खेलाडी अर्माण्डले गोल गरेपछि खेल थप रोमाञ्चक बन्यो ।

तर, ८४औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोलमा मच्छिन्द्रले दोस्रो पटक अग्रता बनायो। नवयुगले इन्ज्युरी समयमा गरेपछि मच्छिन्द्रको‌ फाइनल यात्रा निश्चित बनेको हो । मच्छिन्द्रका स्टेफन प्लेयर अफ दी म्याच बने र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

पाँचथर क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि चर्च ब्वाइज युनाइटेड र नमो बुद्ध युथ क्लब सप्तरीबिच दोस्रो सेमिफाइनल हुनेछ। गोल्डकपको विजेताले ११ लाख १ हजार र दोस्रो टोलीले ५ लाख ५५ हजार रुपैयाँ पाउनेछ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.