9 months ago
March 12, 2025
हिमाल खरेल, मेचीनगर
सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे । धरानका रोमन लिम्बूको प्रहार गोलकिपर विवश चौधरीले बचाए ।
टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे । हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्ज्वल थापा, अजय विष्टको प्रहार गोल गरे । सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलको ३४ औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।
खेलको ७२ औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नरबाट आएको बललाई हेमन्त लिम्बूले हेडर गोल गरे ।
सातौँ मिनेटमा आयोजकका विदेशी खेलाडी इब्राइमको क्रसपासमा अर्का विदेशी खेलाडी एलेक्स गोल गर्नबाट चुके । सबै खेलाडी बिट भएको अवस्थामा पाएको मौकामा उनी चुके ।
३२ औँ मिनेटमा धरानका गोलरक्षक अगाडि बढेको समयमा इब्राहिमले गरेका भली प्रहार फ्रेममा पर्न सकेन । ४८ औँ मिनेटमा आयोजकका अभिषेक गुरुङले गरेको प्रहार धरानका गोलकिपर प्रविन लिम्बूले पञ्च गर्दै क्लियर गराए ।
खेलको २९ औँ मिनेटमा धरानका मिलन राईको हेडर गोलकिपर विवशले वान हेन्ड सेफ गरे । खेलको ८८ औँ मिनेटमा धरानले अग्रता लिन अवसरबाट चुक्यो । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो ।
काँकरभिट्टाका गोलकिपर विवश प्लेयर अफ दि म्याच भए। उनले ११ हजार रुपैयाँ र ट्रफी पाए । प्रतियोगिताभरिका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाईं (एसपी) ले उपलब्ध गराएका हुन् ।
उपाधिका लागि काँकरभिट्टाले बिहीबार हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
काँकरभिट्टाका प्रशिक्षक मुन्ना सुब्बाले विपक्षी टिम होमसेट हुँदाहुँदै पनि जित निकाल्न सफल भएको बताए । उनले आफ्नो टिममा तालमेल मिल्न नसक्दा स्कोर बढाउन नसकेको स्वीकार गरे ।
धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले राम्रो खेल्दाखेल्दै पनि नजिता आफ्नो हातमा नपर्नु दुर्भाग्य भएको बताए । उनले निरन्तरको खेलतालिकाले खेलाडी थाकेका कारण पनि सोचेअनुरुप नतिजा ल्याउन नसकेको बताए ।
प्रतियोगिताको विजेता १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]