default_image

9 months ago

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

1949 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ।

टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए।

सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको छ।

अन्तिम २७ मा परेका रेजिन सुब्बा, सुमन श्रेष्ठ, सृजन राज गौतम स्टयान्ड बाई लिस्टबाट २७ सदस्यीय टोलीमा परेको भनिएको छ। उनीहरू ३ जनाको एन्फाले यसअघि सार्वजनिक गरेको पहिलो चरणका ३० खेलाडीको सूचीमा थिएन ।

३० मा रहेका ६ खेलाडी गोलकिपर अभिषेका बराल, डिफेन्डरहरू आशिष गुरूङ, अशोक खवास, छिरिङ लामा र अन्जन राई तथा स्ट्राइकर समिर तामाङलाई प्रशिक्षक रोसले अन्तिम २७ बाट हटाएका छन्।

नेपालले चैत ८ गते सिंगापुर विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्नेछ। त्यसपछि टोलीले फागुन १२ गते एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियसँग खेल्नेछ।

नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रिपूर्ण खेल खेलेको थियो। जहाँ नेपाल २-० को जित निकाल्न सफल भएको थियो।

एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।

२७ सदस्यीय टोली

गोलकिपर – किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, बिमल पाण्डे, सनिष श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डर – लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु

फरवार्ड – जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, दिनेश हेन्जान, सुवास ठकुरी बम, निराजन धामी, रेजिन सुब्बा, सृजन राज गौतम

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.