10 years ago
September 30, 2015
काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् ।
इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो खेलेरअघि बढ्ने लक्ष्य हाम्रो पनि हो । तर, यसमा आशा मात्र गर्न सकिन्छ । दाबी गर्ने अवस्था छैन ।’
दुई बर्षअघि महर्जनकै प्रशिक्षणमा विमल घर्तीमगरको कप्तानमा रहेको यही टोलीले एएफसी यू–१६ को समूह चरण पार गरेको थियो । गत महिना यही टोलीले साफ यु–१९ च्याम्प्यिनसिपको उपाधि जितेको थियो । तर, त्यसपछि टोलीले छनोट चरणका लागि तयारी गर्न पाएन । किनकी राष्ट्रिय लिग भदौ २८ बाट सुरु भएपछि युवा टोली अधिकांश खेलाडी लिगमा सक्रिय रहे । यु–१९ का अधिकांश खेलाडी सदूरपश्चिमाञ्चल टोलीमा छन् । सुदूरपश्चिमले मंगलबार लिगमा पुलिसलाई ४–१ ले हराएको थियो । त्यो खेलपछि एन्फाले युवा टोलीको बिदाइ गरेको थियो । टोली बुधबार इरान प्रस्थान गरेको छ ।
छनोट चरणको समूह ‘इ’ मा नेपाल, इरान, कुवेत र जोर्डन छन् । असोज १५ मा इरानसँग खेल्दै नेपालले छनोट यात्रा सुरु गर्नेछ । नेपालले असोज १७ मा कुवेत र दुई दिनपछि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
छनोट चरण पार गर्ने १६ टोलीले अर्को वर्ष बहराइनमा हुने एएफसी यु–१९ च्याम्पिययसिप खेल्नेछन् । एसियाका सहभागी राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता तथा सबै समूहका मध्येबाट उत्कृष्ट ५ उपविजेता र आयोजक बहराइन गरी १६ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । बहराइन छनोट चरणबाट अघि बढे उत्कृष्ट उपविजेताको छैटौं टोलीले पनि च्याम्पियनसिपमा खेल्ने मौका पाउनेछ ।
एएफसी यु–१९ को शीर्ष ४ मा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा हुने फिफा यु–२० विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]