9 months ago
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलेको थियो। विराट गोल्ड कपमा थ्री स्टारको यो दोस्रो उपाधि हो । यसअघि टोलीले पाँचौ संस्करण जितेको थियो ।
आज थ्री स्टारलाई जित खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रसमा खेमराजले चलाखीपूर्ण ढंगले बललाई पोस्टको दिशा दिएका थिए ।
थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो । दिपेशले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल किपर टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । रिबाउन्डमा दिपेशले गोल गरे ।
थ्री स्टारका कप्तान एकराज बुढाथोकी फाइनल अफ दि म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे।
उपाधिसँगै थ्रीस्टारले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । चर्च ब्वाइजले ५ लाख रुपैयाँमा प्राप्त गर्यो।
विधागत पुरस्कारमा पनि थ्री स्टारको बर्चश्व रह्यो ।
थ्री स्टारका खेमराज श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५१ हजार रुपैयाँ प्राप्त गरे।

थ्री स्टारका विवेक मगर उत्कृष्ट गोलकिपर, गणेश खड्का उत्कृष्ट प्रशिक्षक, २ गोलसहित थ्रीस्टारका दिपेश घले सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान १५ हजार रुपैयाँ प्राप्त गरे।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कृत गरे ।
फागुन १९ गते सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टोलीको सहभागिता रहेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]