9 months ago
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।
आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।
प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं मिनेटमा ओलेक्सान्द्र जिनचेनकोले राहिम स्टर्लिङको पासमा गोल गरे ।
१८ औं मिनेटमा इभान पेरिसिचले गुस टिलको पासबाट उत्कृष्ट प्रहार गर्दै पिएसभीलाई बराबरीमा ल्याए। ३७ औं मिनेटमा डेक्लान राइसले स्टर्लिङको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए।
७० औं मिनेटमा कुहाइब ड्रिउएचले इसाक बाबादीको उत्कृष्ट पासमा बराबरी गोल फर्काए। जसले आर्सनलले घरेलु मैदानमा जित निकाल्न सकेन।
अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-० ले सहजै पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँगको च्याम्पियन्स लिग क्वाटरफाइनल भेट पक्का गर्यो।
पहिलो लेगमा ३-१ जित निकालेको भिल्लाले समग्रमा ६-१ को अग्रतासहित अघि बढ्यो । क्लब ब्रुग १६ मिनेटमा नै १० खेलाडीमा सिमित भयो। डिफेन्डर काइरियानी साब्बेले मार्कस र्यासफोर्डलाई फाउल गर्दा रातो कार्ड पाए ।

पिएसजीबाट लोनमा आएका एसेन्सियोले उत्कृष्ट प्रदर्शन गर्दै ५० औं मिनेटमा गोल गरे । लियोन बेलीको पासमा उनले गोल गरे।
त्यसको सात मिनेटपछि इयान माटसेनले क्लबका लागि पहिलो गोल गर्दै २-० को अग्रता दिलाए। ६१औं मिनेटमा एसेन्सियोले आफ्नो दोस्रो गोल गर्दै भिल्लाको ३-० को जित निश्चित गरे।
डर्टमण्ड क्वाटरफाइनलमा
लिलविरुद्ध पुनरागमन जित निकाल्दै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको ।
फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बल जाली चुमाए।
त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो।
तर, धेरै अवसर सिर्जना गरेपछि, डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गर्यो। ५४औं मिनेटमा कप्तान एम्रे चानले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याए। थोमस मुनियरले सेरहु गुइरासीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि दिइएको थियो।
म्याक्सिमिलियन बाएरले ६५ औं मिनेटमा गरेको गोल डर्टमन्डका लागि निर्णायक बन्यो। उनले गुइरासीको पासबाट गोल गरे। डर्टमण्डले अर्को महिना ला लिगाको शीर्ष टोली बार्सिलोनासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]