9 months ago
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो।
तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल गर्न सकेनन् । जसका कारण निर्णयका लागि खेल पेनाल्टी सुटआउट गयो ।
सुरवाती तीन पेनाल्टी सफल भयो । त्यसपछि पूर्व म्यानचेस्टर सिटी फरवार्ड जुलियन अल्भारेजले एटलेटिकोको दोस्रो पेनाल्टी लिन गए। तर, उनी बल प्रहार गर्दा चिप्लिए । जसले गर्दा बल गोल भयो । तर उनले दुई पटक बल छोएको हुनाले भिएआर रिभ्यु पछि उनको गोल रद्द गरियो।
फेडे भाल्भेर्डेले पेनाल्टी गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए। त्यसपछि, एट्लेटिकोका गोलकिपर यान ओब्लाकले लुकास भास्क्वेजको पेनाल्टी बचाउँदै टोलीलाई आशा दिलाए। तर, मार्कोस ल्लोरेन्टेले पेनाल्टी बारमा ठोक्कियो।
अन्तमा एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी स्कोर गर्दै रियललाई अर्को चरणमा पुर्याए। रियलले अन्तिम आठमा आर्सनलको सामना गर्नेछ।
आर्सनल, भिल्ला र डर्टमन्ड अन्तिम आठमा
दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।
आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।

अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-० ले सहजै पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँगको च्याम्पियन्स लिग क्वाटरफाइनल भेट पक्का गर्यो।
पहिलो लेगमा ३-१ जित निकालेको भिल्लाले समग्रमा ६-१ को अग्रतासहित अघि बढ्यो ।
त्यस्तै लिलविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । पहिलो लेग १-१ बराबरीमा सकिएको थियो। समग्रमा डर्टमन्ड ३-२ ले अघि बढ्यो।

December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]