9 months ago
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो।
तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल गर्न सकेनन् । जसका कारण निर्णयका लागि खेल पेनाल्टी सुटआउट गयो ।
सुरवाती तीन पेनाल्टी सफल भयो । त्यसपछि पूर्व म्यानचेस्टर सिटी फरवार्ड जुलियन अल्भारेजले एटलेटिकोको दोस्रो पेनाल्टी लिन गए। तर, उनी बल प्रहार गर्दा चिप्लिए । जसले गर्दा बल गोल भयो । तर उनले दुई पटक बल छोएको हुनाले भिएआर रिभ्यु पछि उनको गोल रद्द गरियो।
फेडे भाल्भेर्डेले पेनाल्टी गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए। त्यसपछि, एट्लेटिकोका गोलकिपर यान ओब्लाकले लुकास भास्क्वेजको पेनाल्टी बचाउँदै टोलीलाई आशा दिलाए। तर, मार्कोस ल्लोरेन्टेले पेनाल्टी बारमा ठोक्कियो।
अन्तमा एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी स्कोर गर्दै रियललाई अर्को चरणमा पुर्याए। रियलले अन्तिम आठमा आर्सनलको सामना गर्नेछ।
आर्सनल, भिल्ला र डर्टमन्ड अन्तिम आठमा
दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।
आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।

अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-० ले सहजै पराजित गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँगको च्याम्पियन्स लिग क्वाटरफाइनल भेट पक्का गर्यो।
पहिलो लेगमा ३-१ जित निकालेको भिल्लाले समग्रमा ६-१ को अग्रतासहित अघि बढ्यो ।
त्यस्तै लिलविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । पहिलो लेग १-१ बराबरीमा सकिएको थियो। समग्रमा डर्टमन्ड ३-२ ले अघि बढ्यो।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]